नियम ५०
सूचना दिनु पर्ने
: (१) कुनै श्रमिक कामको सिलसिलामा दुर्घटनामा परेमा, दुर्घटनाको कारणबाट चोटपटक लागेमा वा मृत्यु भएमा सोको सूचना रोजगारदाता वा निजको प्रतिनिधिले सात दिनभित्र कार्यालयलाई दिनु पर्नेछ।
तर प्राथमिक उपचारबाट निको हुने सामान्य खालको दुर्घटना वा चोटपटक लागेमा कार्यालयलार्इ सूचना दिन आवश्यक पर्ने छैन।
(२) उपनियम (१) बमोजिमको सूचना दिँदा दुर्घटना भएको मिति, समय, स्थान, घटनाको विवरण, दुर्घटनाको कारण, दुर्घटनामा परेको श्रमिकको नाम, ठेगाना र उपचार गराएको अस्पताल समेतको विवरण खुलाउनु पर्नेछ